काठमाडौं : नेपाली चलचित्र जगतका कलाकार दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अहिले उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार मात्र गरिनेछ ।

जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन् । लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए ।