मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेट्ठी १३ वर्षपछि ठूलो पर्दामा देखिन थालेकी छन् । उनी सब्बिर खानको फिल्म ‘निकम्मा’ मार्फत कमब्याक गर्दै छिन् ।

शिल्पाको कमब्याक एक्सन थ्रिलर फिल्ममा अभिमन्यु दासानी र सोसल मिडिया सेन्सेसन सर्ली सेतिया लिड रोलमा छन् । हालै शिल्पाले आफ्नो फिल्मको रिलिज डेट पनि सार्वजनिक गरेकी छन् । उनले आफ्नो इन्स्ट्राग्राम अकाउण्टमा आफ्नो कमब्याक फिल्म निकम्माको फस्र्ट लुक सेयर गर्दै लेखेका छन्, ‘निकम्मा ६ जुन २०२० मा रिलिज हुँदैछ । सब्बिर, अभिमन्यु र शर्लीसँग काम गर्दाको अनुभव सानदार रह्यो ।’
फिल्मबाट आफ्नो १३ वर्ष लामो ब्रेकबारे शिल्पाले भनेकी छन्, ‘टाढा रहेपनि म फिल्म उद्योगको हिस्सा हुँ ।’ उनी पछिल्लो पटक २००७ मा फिल्म ‘लाइफ इन ए मेट्रो’ र अपने’ मा देखिएकी थिइन् । एजेन्सी