बलिउड स्टार सलमान खानको फिल्म ‘दबंग ३’ सय करोडमा प्रवेश गरेको छ । फिल्मले बुधवार १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो ।

पहिलो विकेन्टपछि फिल्मको कमाइमा भारी गिरावट आएको छ । यही फिल्ममार्फत महेश मान्जरेकरकी छोरी सई मान्जरेकरले बलिउड डेब्यु गरेकी छिन् । फिल्मले समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको छ ।

बक्स अफिस इन्डियाका अनुसार यो फिल्म सलमान खानको फिल्ममध्ये सय करोड कमाउने १५ औँ फिल्म बनेको छ । ‘दबंग ३’ ले भारतमा मात्र सय करोड बढी कमाइ गरेको हो । यसअघि सलमानका फिल्म दबंग, किक, रेडी, दबंग २, एक था टाइगर, बडीगार्ड, प्रेम रतन धन पायो, जय हो, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, बजरंगी भाइजान, भारत र सुल्नानले सय करोडभन्दा बढी कमाइ गरेका थिए । यद्यपि ‘दबंग ३’ ले ठीकठाक कमाइ गरेको छ ।

फिल्ममा किच्चा सुदीप र सोनाक्षी सिन्हाको पनि शीर्ष भूमिका छ । सलमानले फिल्ममा चुलबुल पाण्डेको भूमिका निभाएका छन् ।