इटहरी: कला सस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्याव्सन सुनसरीले यस वर्ष पनि लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

जिल्लामा रहेका स्थानीय तह अन्र्तगत प्रथम तथा द्धितिय स्थान हासिल गरेका १५ संस्थागत विद्यालयहरुको सहभागितामा प्याव्सन सुनसरीले लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । प्याव्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार शंकर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा स्काई इगंलिस स्कुल बराहक्षेत्र प्रथम भएको छ ।

यस्तै, राजाबास इगंलिस स्कुल बराहक्षेत्र द्धितिय र हिमशिखर इगंलिस स्कुल तरहरा तृतिय भएको छ भने विश्व आर्दश एकेडेमी इटहरी सान्त्वना भएको छ । प्रतियोगिता अन्र्तरगत विजयी विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी थापा लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीले जातिय भेषभुषासहित जातीय लोकगीत तथा राष्ट्रिय गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।