काठमाडौं : नायिका वर्षा शिवाकोटी हट एण्ड बोल्ड पोजमा खासै रुची राख्दिनन् । उनका अधिकांश तस्वीर सामान्य लाग्छन् ।

तर यसपटक उनको तस्वीरले सिने बजार पिटेको छ । चलचित्र छायांकनका लागि ग्रीस पुगेकी वर्षाले ग्रीसको सेन्टोरिनीबाट इन्स्टाग्राम र फेसबुकमा आफ्ना केही ‘बोल्ड तस्वीर’ सेयर गरेकी छन् । यीनै तस्वीरका कारण उनलाई धेरै नकरात्मक र थोरै मात्र सकरात्मक कमेन्टहरु आइरहेका छन् ।

barshaaaa

उनलाई कतिपयले भनेका छन्–‘एउटा सरल स्वभावको कलाकारिता र एउटा राम्रो छवि एउटा तस्वीरका कारण धरापमा नपरोस ।’ अरुण लामाको चलचित्र ‘चालबाज’को छायांकनका क्रममा ग्रीसमा रहँदा उनको हट पोजले बजार तताएको हो ।