मुम्बई : बलिउड नायिका दीपिका पादुकोणको फेसनको चर्चा बलिउडमा बेला बखत हुने गर्छ । उनका श्रीमान् रणवीर सिंह सबैभन्दा अचम्मको पहिरन लगाउने नायकको रुपमा चर्चित छन् ।

दीपिका पादुकोण आजकाल फिल्मको प्रोमोशनमा व्यस्त छन् र उनको पछिल्लो तस्बिर देखेर मानिसहरूले उनलाई श्रीमान रणवीर सिंहको असर पर्न थालेको बताइरहेका छन् । दीपिकाले अचम्मको जिन्स र हाइ हिल्स लगाएकी छिन् । उनको हिल्समा रिबन राखिएको छ ।

उनको शर्ट पनि भिन्न शैलीको छ । उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् । उनको यो पहिरनको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दीपिकालाई उनको लुकका कारण निकै ट्रोल गरिँदैछ ।

dipika-padukone

एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘यो रणवीर सिंहको असर हो ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘अब उनलाई के भयो रु विवाहपछि रणवीरको रोग र्सयो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ ?’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?’