मुम्बई : रोहित सेट्टीको आगामी फिल्म ‘सूर्यवंशी’ मा एक पटक फेरि अक्षय कुमार र कैटरिना कैफको सानदार केमिस्ट्री देखिने भएको छ । दुवैलाई सूर्यवंशीमा हेर्न उनीहरूका फ्यान अतुर छन् ।

यो फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिका निर्वाह गर्दै छन् । कैटरिनाको भूमिकाको पर्दा पनि खुलेको छ । नेहा धुपियाको सोमा फिल्मका निर्देशक रोहितले कैटरिनाको भूमिका सार्वजनिक गरे । यो फिल्ममा कैटरिना डाक्टरको भूमिकामा देखिने छिन् ।
रोहितले भने, ‘फिल्मको स्क्रिप्टिङको पहिलो दिनदेखि रिलिज हुँदासम्म म कुनै पनि बेला जे पनि परिवर्तन गर्न सक्छु । त्यसैले पूरै टिम कुनै पनि परिस्थितिका लागि तयार रहन्छन् ।’ सूर्यवंशी रोहितको कोप सिरिजको चौथो फिल्म हुनेछ । यसअघि उनले सिंघम, सिंघम(२ र सिम्बा बनाइसकेका छन् । अक्षय कुमार रोहितको कोप सिरिजमा काम गर्ने तेस्रो कलाकार हुन् । रोहित, करण जोहर, अक्षय र शिवासिस सरकार मिलेर यो फिल्म निर्माण गर्दैछन् । सूर्यवंशीमा अक्षय, कैटरिनाको साथमा निकेतन धीर, गुलसन ग्रोवर र अभिमन्यु सिंह पनि देखिनेछन् । यो फिल्म २७ मार्च २०२० मा रिलिज हुनेछ ।