उदयपुुर: किरात राई यायोक्खाको भातृसंगठन किरात राई साँस्कृतिक कलाकार संघको ऐतिहासिक पाँचौं राष्ट्रिय सम्मेलन शनिबारदेखी उदयपुरको गाइघाटमा शुरु भएको छ ।

गाइघाटको पिलचोकमा ‘किराती सस्कृति, हाम्रो सान संरक्षण र सम्बद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथा शुरु भएको ऐतिहासिक सम्मेलनको उद्घाटन संस्कृतविद् तथा गायक जितेन राईले गरे । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व ¥याली समेत निकालिएको थियो । ¥यालीमा प्रदेश १ लाई किरात प्रदेश नामाकरण गरियोस् भन्ने प्लेकार्ड समेत बोकेका थिए । महाधिवेशनमा उदयपुरसहित सुनसरी, धनकुटा, खोटाङ, आखलढुङगा, इलाम, पाचथर, झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुरबाट प्रतिनिधि तथा पर्यवेक्षक, आजिवनसदस्य गरी १ सय ५० जनाको सहभागीता रहेको संघका बरिष्ठ उपाध्यक्ष रामकुर राईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गायक जितेन राईले पहिचानसंग जोडिएको किराती संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । उनले किरातीहरुको संस्कृतिको रक्षा गर्ने दायित्व राज्यको भएपनि त्यसमा राज्यले चासो नदिएको बताए । किराया केन्द्रीय उपाध्यक्ष ज्ञान राईले ‘किरात प्रदेश’को अभियान जारी नै रहेको बताए । उनले प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्ने अभियानलाई किरायाले महत्वका साथ अगाडी बढाइरहेको बताए । हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणना आउन लागेकोले यसमा कोही पनि नछुट्नको लागि आग्रह गरे । यस्तै, अभिनेता दयाहाङ राईले कलाकारहरु राष्ट्रका सम्पती भनेर भन्दै आएपनि राज्यबाट त्यो अनुसारको सम्मान नपाएको गुनासो गरे । कलाकारहरुलाई मनोरञ्जन दाताको रुपमा मात्र लिने गरिएको बताए ।

rai-kalakaar

कार्यक्रममा गायक सम्भु राई, गायिका सत्यकला राई, पार्वती राई, रेवत राई, भिषण मुकारुङ, बेनुका राई, सुशिला राई, विनोद खम्बुलगायतले आ–आफ्ना किराती मौलिक जागरण गीतहरु प्रस्तुत गरेका थिए । यसैगरी, किरात राई साँस्कृतिक कलाकार संघ सुनसरी र उदयपुरसहित स्थानीय कलाकाहरुले गीत तथा साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

यसैगरी, मण्डला थिएटरका कालाकारहरुले सचेतनामुलक नाटक समेत मञ्चन समेत गरेका थिए । कार्यक्रममा संघका निवर्तमान पदाधिकारीहरुलाई फेटा बाधेर कदरपत्र प्रदान गदैसम्मान गरिएको थियो । सम्मेलनको बन्दसत्र आइतबार विहानदेखी शुरु हुने संघका बरिष्ठ उपाध्यक्ष रामकर राईले बताए । उनका अनुसार बन्दसत्रमा प्रत्येक जिल्लाले सांगाठानीक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, आयोजक संस्थाले सागाठानीक तथा आर्थिक प्रतिवेदन, विधान मस्यउदामाथी प्रस्तुत तथा छलफल गरिने र साँस्कृतिक प्रतिवेदन समेत प्रस्तुत हुने छन् ।

सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति सहमतीय ढंगबाट नै टुग्याइने संघका बरिष्ठ उपाध्यक्ष राईको भनाई छ । ‘नयाँ नेतृत्व सहमतीबाट नै टुग्याउने हाम्रो तयारी छ’ उनले भने ‘कलाकार संघको नेतृत्व चयनमा अहिलेसम्म चुनाव गरेका छैनौं, सहमतीबाट नै नेतृत्व चयन गदै आएका छौं ।’ उनले थपे ‘हामी कुनै पनि हालतमा सर्वसम्मतीबाटै नै नेतृत्व चयन गछौं ।’