काठमाडौं : हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् । प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् ।

1 1

क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिए । प्रियंकाले यो गुलाबी पहिरनमा हिराको हार लगाएकी थिइन् । प्रियंका लामो समयपछि फिल्म ‘द स्काइ इज पिंक’ मा देखिएकी छिन् जसमा उनीसँगै जायरा वसिम र फरहान अख्तर पनि थिए । प्रियंका निकसँग प्रि–गोल्डन ग्लोब पार्टीमा पनि उपस्थित थिइन् ।