मुम्बई : दीपीका पादुकोणले बलिउडमा शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ बाट डेब्यु गरेकी थिइन् ।

यसपछि दीपिकाले बलिउडकी टप अभिनेत्रीको सूचीमा सामेल गराउँदै हलिउडमा पनि धमाकेदार डेब्यु गरेकी थिइन् । उनले २०१७ मा ‘रिटर्न अफ जेण्डर केज’ मा सेरेनाको भूमिका निर्वाह गरेकी थिइन् । उनले हलिउड सुपरस्टार विन डिजलसँग हलिउड डेब्यु गरेकी हुन् । अहिले यही सिरिजको नयाँ फिल्मा दिपिकालाई अनुबन्धित गर्न लागिएको खबर आएको छ । विन डिजलले यो सिरिजको एकभन्दा धेरै फिल्ममा काम गरिसकेका छन् । उनी फिल्मका सबै अभिनेत्रीसँग परिवारजस्तै व्यवहार गर्नेमा माहिर मानिन्छन् । उनले अहिले इन्स्ट्रागाममा एक तस्बिर सेयर गरेका छन् । दीपिकासँगको उक्त तस्बिर सार्वजनिक भएसँगै एकपटक फेरि जेन्डर केज परिवारमा उनको प्रवेश पक्का भएको अनुमान लगाइएको छ । यो तस्बिरको क्याप्सनमा जेन्डर केज ४ को साथमा दीपिकाको नाम पनि छ ।