इटहरी : सुनसरीको इटहरी १ आपगाछीस्थित बगान फेमली रेस्टुरेन्टमा माघ १० गते ‘आइस टुसीयु २०२०’ नामक सांंस्कृतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा चार्चित गायक बृजेश श्रेष्ठ एंड बियोंडले तहलका मचाउने भएका छन् । उनीहरूको बेजोड प्रस्तुतिले सो कार्यक्रमको माहोल तातिने अनुमान लगाइएको छ । ओसिसी इन्टरटेनमेन्टको र पार्ल्सवेको संयुक्त आयोजनामा हुने कम्पनीका प्रमुख बिनय तिवारीले जानकारी दिए । त्यसैगरी डीजे फलोर जी (पुस्पा), सन्देश सुबेदी एंड ब्याण्ड लगायत अन्य कलाकारहरुको पनि कार्यक्रममा प्रस्तुति रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रमबाट भिजिट नेपाल २०२० लाई पनि सफल बनाउनका लागि यो कार्यक्रमको मुख्य आयोजना गरिएको कार्यक्रमका संयोजक सौगात नेपालले बताए ।

कार्यक्रमबाट आएको केहि मुनाफाले सामाजिक क्षेत्रमा खर्च गर्ने समेत आयोजकले जनाएको छ ।