धरान: किरातीहरूको नयाँ वर्ष यले दोङ ५०८० को अवसरमा आज शुक्रबार हुने भनिएको “तेस्रो यले साँझ २०७६” स्थगित भएको छ ।
मौषम प्रतिकुल भएको कारण आजको कार्यक्रम स्थगित गरिएको र आइतबार सारिएको आयोजकले जनाएको छ । ब्लिङ्क इभेन्ट म्यानेजमेन्ट प्रालिका अनुसार कार्यक्रम आइतबार धरान १२ स्थित पब्लिक स्कुलको खेल मैदानमा साँझ ४ बजेबाट हुनेछ । कार्यक्रममा नेपालकै चर्चित ब्याण्ड “द एज ब्याण्ड” को प्रस्तुती हुनेछ भने चर्चित स्ट्याण्ड अप कमेडियन “सुजन जिम्बा” को पनि प्रस्तुति रहनेछ । कार्यक्रमक लागी एज ब्यान्ड र सुजन जिम्बा धरान आइसकेका छन् ।
कार्यक्रममा स्थानीय ब्याण्ड तथा कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिनेछन् । करीब १५ सय दर्शकहरू आउने अपेक्षा गरीएको कार्यक्रमको प्रवेश शुल्क ३ सय रूपैयाँ रहेको छ । कार्यक्रमको मिती सारीएको कारण खर्च केही बढे पनि कार्यक्रम पछि न्युनतम ५० हजार रुपैँया अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई सहयोग गरीने उद्देश्य यथावत नै रहने ब्लिङ्क इभेन्टका अध्यक्ष अमित राईले जनाकारी दिए ।


































































