धरान: किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीले समाजसेवी एवं गायिका हर्षु राई र गायक चन्द्र बान्तावालाई सम्मान गरेको छ ।

यलम्बर सम्बत् ५०८० को अवसरमा शनिबार धरान–१० स्थित एलम्बर स्मृति संग्राहलयको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । दुवैलाई किरात राई कलाकार संघका संस्थापक अध्यक्ष एबंम बरिष्ठ गायक तथा संगीतकार जितेन राई, संघका सुनसरी अध्यक्ष जयकला राईले सम्मान पत्रसहित सम्मान गरेका थिए । संस्थालाई विभिन्न योगदान पु¥याउदै आएकोले दुवैलाई सम्मान गरिएको संघले जनाएको छ । गायक राई किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीका निवर्तमान अध्यक्ष समेत हुन् । उनले संस्थामा दुई कार्यकाल नेतृत्व दिएका थिए ।

rai-kalakar 1

सोही अवसरमा किरात राई साँस्कृतिक कलाकार संघको पुष १९–२१ गते उदयपुरको गाइघाटमा सम्पन्न ऐतिहासिक पाँचौं राष्टिय सम्मेलनबाट निर्वाचित अध्यक्ष रामकर राईसहित चार पदाधिकारी र एक सदस्यलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । नवनिर्वाचित संस्थाका उपाध्यक्ष सालिक शतासक राई, सचिब सुरज मेवाहाङ राई, सह–कोषाध्यक्ष महेन्द्र राई र सदस्य चन्द्र बान्तावालाई बधाइ तथा सफल कार्यकालको लागि शुभकामना दिइएको थियो । उनीहरु सबै धरानका बासिन्दा हुन् । कार्यक्रममा प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष जितेन राईले किरात राई जातिको संस्कार, संस्कृतिको महत्वबारे बताएका थिए ।

यस्तै, संस्थाका केन्द्रीय अध्यक्ष रामकर राई, किराया सुनसरी जिल्ला अध्यक्ष बलराम राई, सचिब राजेन्द्र राईलगायतले समेत बोलेका थिए । कार्यक्रममा यलमबर सम्वत ५०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्ष संस्थाका अध्यक्ष जयकला राईले गरेकी थिइन् । कार्यक्रममा किरायाका भातृ, भोषिक, विभिन्न प्राकासहरुबाट प्रतिनिधिको उपस्थिती रहेको थियो ।