झापा : दमकमा वाइटेक मिडिया प्रालिद्धारा सञ्चालित सवाल नेपालले सन्देशमुलक तथा मनोरञ्जनात्मक वेव सिरिजको निर्माण एवं प्रसारण शुरु गरेको छ ।

युवा पुस्तामा बढ्दो टेलिसिरियल प्रतिको क्रेजलाइ ध्यान दिँदै किशोर किशोरी तथा युवाहरुका समस्याहरुलाई मनोरञ्जनात्मक रुपमा उठान गरि प्रशारण गर्न थालेको हो । युवा तथा किशोर किशोरीहरुमा रहेका समस्या समाधानको उपाय समेत देखाउने गरी ‘कलेज लाइफ’ नामक सिरिजको प्रशारण थालिएको सवाल नेपाल डटकमका निर्देशक केदारबाबु पौडेलले जानकारी दिए ।
यसैबीचसो वेव सिरिजको ट्रेलर पनि सार्वजनिक गरीएको छ । सिरिजको मुख्य कलाकारहरुमा कविता चापागाईं, बिमला तामाङ, सोनिया न्यौपाने, मिना न्यौपाने, केदार बाबू पौडेल, सस्मित राणा मगर, दिपक खरेल, मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडा रहेका छन् । सुवास सुवेदीको लेखन तथा निर्देशन रहेको यो सिरिजको निर्माता केदार बाबू पौडेल, काश्मिरा राई र सुवास सुवेदी हुन् ।

मोफसलबाट शुरु गरिएको यो प्रयासलाई सफल बनाउन दर्शकहरूको सहयोग अपरिहार्य रहेको निर्माण पक्षले जनाएको छ ।