काठमाडौं : अभद्र व्यवहार कसुरमा गायिका आस्था राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गायिका राउत आज (सोमबार) बिहान आफै महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिईन् । प्रारम्भिक बयानपछि प्रहरीले गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय लगेको थियो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । सांस्कृतिक कार्यक्रममा सहभागी हुन भारतको सिक्किम पुगेकी राउत काठमाडौं फर्के लगत्तै टेकु पुगेकी थिईन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले माघ २ गते प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो ।