धरान (डेस्क) : धरानमा ‘बसाइँ’ नाटक अझै दुई दिनसम्म लम्बिने भएको छ । उक्त नाटक सोमबार  सम्म मात्र मञ्चन हुने भनिएको थियो । तर, दर्शकहरुको माग बढेपछि ‘बसाइँ’ नाटक माघ १५ गतेसम्म मञ्चन हुने भएको हो ।

बसाइँ लीलबहादुर क्षेत्रीद्धारा लिखित चर्चित उपन्यास हो । यो उपन्यासमा एक समयको नेपाली समाजको चित्रण छ । यो उपन्यास पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म परिचित छ । दर्शकहरुले अत्याधिक रुचाएको हुनाले बसाइँ नाटक अझै २ दिन सम्म मञ्चन गर्ने नाटकका निर्देशक मिलन चाम्लिङले बताए । निर्देशक चाम्लिङका अनुसार मंगलबार ३ शो, बुधबार समापनका दिन २ शो हुनेछ । सामाजिक सञ्जालमा पनि दर्शकहरुले बसाइँ नाटकको बारेमा सकारात्मक प्रतिक्रियाहरु दिइरहेको भेट्न वा देख्न सकिन्छ यतिबेला ।

उक्त नाटकमा विकास पराजुली, शंकर थापा, तुलसा थापा, गोमा पौडेल, मिलन भुजेल, सन्देश दाहाल, बलबहादुर राई, एनुमा राई, मिलन चाम्लिङले अभिनय गरेका छन् । नाटकको संगीत संयोजन बिनायक राईले भरेका छन् भने प्रकाश संयोजक हरि इवाहाङ लिम्बु रहेका छन् । तरहराका विनय सरगमले उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् ।