काठमाडौंः अन्र्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीसँग अभद्र व्यवहार गरेको मुद्दामा प्रहरी हिरासतमा रहेकी चर्चित गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् ।

काठमाण्डौंका प्रअिज जनकराज दाहालको इजलाशले उनलाई ४ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएकी हुन् । सिक्किमबाट सांगीतिक कार्यक्रम गरेर फर्किएलगत्तै उनी हिजो सोमबार प्रहरी कार्यालमा उपस्थित भएकी थिइन् । उनलाई अनुसन्धानको लागि हिजो प्रशासनले ४ दिनको म्याद थप गरेको थियो । प्रहरीले भने आज मंगलबार नै अनुसन्धान टुंगो लगाएर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले आज नै प्रशासनमा मुद्दा दायर गरेको थियो भने प्रशासनले पनि राउतको वयान लिएर धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

माघ १ गते विराटनगर आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामा खटिएकी महिला प्रहरी जवान रमिता श्रेष्ठसँग सामान्य विवाद भएको थियो । गायिका राउतले फेसबुक लाइभमार्फत आफुमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीलाई गाली गरेकी थिइन् भने आलोचना भएपछि माफीसमेत मागेकी थिइन् । विमानस्थलको भिडियो सार्वजनिक भए पछि प्रहरी जवान श्रेष्ठले गायिका आस्थाविरुद्ध उजुरी दिएपछि कारबाही प्रक्रिया अघि बढेको थियो ।