धरान: तोक्मे बुढाको नामले चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई पिता बनेका छन् ।

उनकी पत्नी सरिना लामाले आज छोरा जन्म दिएकी छिन् । गत बर्ष विल्सन र सरिनाबीच गोप्य विवाह भएको थियो । विवाह भएको करिब ११ महिना पछि दुवैलाई सन्तान प्राप्ती भएको हो । शल्यक्रियामार्फत सरिनाले छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र बच्चा दुबैको स्वस्थ्य राम्रो रहेको विल्सनले फेसबुकमा पोष्ट गरेका छन् । आज विल्सनको जन्मदिन पनि हो । उनको ३४ औँ जन्मदिन पनि आजै परेको छ ।