धरान : धरानको महेन्द्र बहुमुखी क्यापसमा नेपाली कांग्रेस निकट भातृ संस्था नेविसंघले तिनदिने टाईगर फाईभ फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
खेल आजबाट सुरु भएको छ । उक्त खेलमा महिला र पुरुष गरि ३१ टिमले सहभागिता जनाएका छन् । खेलको उद्घाटनमा संघीय संसद प्रदेश एकका सदस्य प्रताप प्रकाश हाङपाङले विद्यार्थी खेलाडीहरुलाई शुभकामना दिँदै बल हस्तान्तरण गरे । धरानका मेयर तिलक राई, एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष तथा प्रदेश एकका अध्यक्ष किशोर राईले खेलको शुभकामना व्यक्त गरे । खेलको विजेताले नगद ४ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद २५ सय रुपैयाँ प्राप्त गर्ने छ । साथै मेडल प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
नेविसंघ महेन्द्रका कार्यबाहक अध्यक्ष दोर्चि शेर्पा, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख दामोदर भण्डारी, नेपाली कांग्रेस नगरका उपसभापति राजेन्द्र राई, सचिव श्याम पोखरेल, युवराज शंकर लगायतको उपस्थिति रहेको थियो ।







































































