धरान (डेस्क) : गायक राजेशपायल राईको ‘हुरुक्कैं भएँ म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सेवान्नी एल्बममा समावेश उक्त गीतमा राजेशपायलको स्वर छ ।

किरण चाम्लिङ राई निर्देशित सो गीतको भिडियोमा दयाहाङ राई र एलिसा राई फिचर्ड छन् । दर्शन नमस्ते इन्टरटेन्मेन्ट प्रा.लि. युटुब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा राजन मुकारुङको शब्द रहेको छ ।

दिनेश ‘काजी’ बान्तावाको संगीत रहेको गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन् । गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले खिचेका छन् ।