इटहरी : यहीँ चैत १४ गते रमपम पुर्वेली म्युजिक अवार्ड हुने भएको छ । पुर्वेली मिडिया नेटवर्क प्रा .लि .को आयोजनामा हुन लागेको म्युजिक अवार्डले पुर्वेली लोक संगीतको प्रचार गर्ने लक्ष्य लिएको छ ।

पुर्वमै पहिलो पटक पुर्वेली गित संगीतको उत्थानका लागी कार्यक्रम आयोजना गरिएको आयोजकले दाबी गरेको छ । आयोजकले २२ वटा बिधामा अवार्ड प्रदान गर्ने जानकारी गराउँदै पूर्व क्षेत्रमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एक सर्जकलाइ लाईफटाईम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने बताएको छ ।

अवार्ड प्रतियोगितामा २०७० साल देखि २०७५ साल सम्म बजारमा आएका गित हरुले प्रतिस्पर्धा गर्ने पाउने गरि व्यवस्था मिलाइएको प्रा .लि.का प्रवन्धक सुरेश चन्द्र दाहालले जानकारी दिए ।