इटहरी : इटहरी क्षेत्रको विकास र रुपान्तरणका साथै साहित्यक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय धरणीधर दाहालको ९३औं जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काँइला सहित दुई जनालाई सम्मान गरिएको छ ।
इटहरी साहित्यिक समुह इटहरीले अग्रज साहित्यकार एवम आयमेली आन्दोलन मार्फत साहित्यमा नयाँ युगका सुरुवात गर्ने श्रेय पाएका नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलविक्रम नेम्वागं "बैरागी काँइला" सहित कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो ।
साहित्य एवम कलाका क्षेत्रमा महत्पूर्ण योगदान पुर्याएको भन्दै बैरागी काँइला र कलाकार विक्रम श्री लाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले नगद २५ हजार सहित धरणीधर दाहाल स्मृति पुरस्कारबाट सम्मान गरे । आफना स्वर्गीय पिता धरणीधर दाहालको स्मृतिमा दाहालका छोरा ज्ञानेन्द्र दाहाल लगायतले धरणीधर प्रतिष्ठान स्थापना गरी पुरस्कार कोष मार्फत हरेक वर्ष दुई जना स्रष्टाहरुलाई सम्मान गर्ने गरेका छन । कार्यक्रममा स्वर्गीय दाहालका विषयमा साहित्यकारहरु बम देवान , विष्णु सिटौला लगायतले चर्चा गरेका थिए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































