धरान : एलएण्डसी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को विजेता स्वर्णिम कार्की र निमिना लिम्बु बनेका छन् । शनिबार ईटहरी उद्योग वाणिज्य संघको हलमा कार्यक्रमको आयोजना गरि विजेताहरुको नाम घोषित गरेका हुन् ।

लिटल प्रिन्स तर्फ फस्र्ट रनरअफ अतुल गौतम, सेकेन्ड रनरअफ प्रनवमान श्रेष्ठ स्थापित बिजेता बनेका छन् भने एन्जलतर्फ फस्र्ट रनरअफ सिदाजु भण्डारी, सेकेन्ड रनरअफ समता विश्वकर्मा बनेका छन् । लिटल प्रिन्स एण्ड एन्जलका विजेताले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै ट्रफि, प्रमाणपत्र, विभिन्न उपहार प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगितामा सहभागिहरुले फोटो जेनिक, अनुशासन, बेष्ट क्याटवक, फिगर, स्माईल टाईटलका उपाधि जितेका छन् । प्रतियोगिताको सहजिकरण बराह गुप्रका प्रशासकिय अधिकृत गंगा कालिकोटे, मोडल दिनेश कोईराला, मिस ग्ल्यामर एण्ड मिस लुमियर ईन्टरनेशनल वल्र्ड २०१९ कि विजेता सिमरन श्रेष्ठले गरेका थिए ।
कार्यक्रमका संयोजक निश्चल पलिखेका अनुसार उमेरको हकमा ६ बर्षदेखि १३ वर्षसम्मका बालबालिकाका लागि बालबालिकामा रहेको प्रतिभा प्रर्वद्धन तथा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उक्त प्रतियोगिताको कोरियोग्राफर संगिता चौधरीले गरेकी थिईन् भने पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेकी थिईन् । प्रतियोगितामा प्रदेश नं. १ भरिका १६ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

एलएण्डसी मोडल एजेन्सीका सिईओ दिपक गिरीको अध्यक्षातामा सो प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश नं. १ की उपसभामुख सरस्वति पोखरेल, ईटहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष दिवश पोखरेल, बराह गुप्रका पिआरओ सुरेन्द्र सिंह बिश्वकर्मा, संगित साधना प्रतिष्ठानका महासचिव राजु केसी, साना घरेलु उद्योग सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरे, हास्य कलाकार महादेव त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।