इटहरी : गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित “इटहरी चिल्ड्रेन ट्यालेन्ट हन्ट २०२०” को विजेता नानीमा राई बनेकी छन् ।

इटहरी ४ स्थीत दुर्गापार्टी प्यालेसमा शनिबार सम्पन्न ट्यालेन्ट हन्टमा अक्सब्रीज ईन्टरनेश्नल मन्टेश्वरी स्कुलमा कक्षा ३ मा अध्ययनरत नानीमाले विजेता बन्दै क्राउन, शील्ड, नगद ५० हजार, बुके, प्रमाण पत्र, एक वर्षसम्म निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेकी छन् भने उनले प्रतियोगितामा बेष्ट क्याटवाकको उपाधी समेत पाईन् । यसैगरी ग्रीन पिस एकेडेमी ईटहरीकी कक्षा ३ की छात्रा मोनिका खत्री फस्ट रनरअप बन्दै क्राउन, शील्ड, नगद २५ हजार, बुके, प्रमाण पत्र, ६ महिनासम्म निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेकी छन् । यस्तै अक्सब्रीज ईन्टरनेश्नल मन्टेश्वरी स्कुलकी कक्षा १ की छात्रा मान्सी घिमिरे सेकेन्ड रनरअप बन्दै क्राउन, शील्ड, नगद १५ हजार, बुके, प्रमाण पत्र, ६ महिना सम्म निःशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेकी छन् ।

प्रतियोगितामा अन्य उपाधीतर्फ बेस्ट फेन्ड इम्प्रुभमेन्ट आछुहाङ राई, मोस्ट डिसिप्लीन सम्राट खनाल, बेस्ट पर्सन्यालिटी आरुष श्रेष्ठ, मोस्ट ट्यालेन्ट खान्नुयाङ राई, बेस्ट पङ्चुआलिटी प्रिन्सा पाण्डे, मोस्ट एक्टिभ साइमन राई, बेष्ट पब्लिक चोईस आयुष थापा, बेष्ट फोटो जेनिक आयुष थापा, बेष्ट फ्रेन्डसीप एन्जल बस्नेत, बेस्ट ड्रेसअप निरजला चौधरी, बेष्ट स्माईल मान्सी घिमिरे, बेष्ट फिजिक्स प्रजिता तामाङ, मोष्ट व्युटिफुल राशी उप्रेती, मोष्ट हेन्डसम सक्षम लिम्बु, बेष्ट मेकअप प्रिन्सा पाण्डे घोषित भए ।
प्रतियोगिताको प्रमुख निर्णायक मिस नेपाल सुगरिका केसी रहेकी थिईन् भने अन्य निर्णायकहरुमा डा.एलिसा लिम्बु, दोर्पध्वज राई र दिलिप योगी रहेका थिए । यसैगरी प्रतियोगिताको रयाम्प वाक कोरियोग्राफर मिस एस ई.ई. २०१७ की सेकेन्ड रनरअप लिसारा थापा मगर, डान्स कोरियोग्राफरहरु छमछमी सीजन ३ की फस्टरनर अप मनिता राई र नृत्य प्रशिक्षक बिनिता राई, सन्नी लिम्बु, रबिना तुलाधरले गरेका थिए ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रतिभालाई अडिशनको माध्यमबाट पहिचान गरि ती प्रतिभाहरुलाई तालिमको माध्यबाट निर्खादै उचित मन्च प्रदान गर्ने उदेश्यले सो ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरिएको गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले बताए । सो ट्यालेन्ट हन्टको ग्राण्ड फिनाले हुनु पूर्व १५ दिन सम्म सहभागि बालबालिकाहरुलाई नृत्य, र्याम्पवाक, पब्लिक स्पीकिङ, हेल्दी डाईट, सरसफाई, इलेक्ट्रोनिक सामानको असर, सामाजिक उत्तर दायित्व, राम्रो छुवाई, नराम्रो छुवाई, उत्प्रेरणा, आत्मरक्षालगायतको तालिम प्रदान गरिएको संचालक तथा तालिम निर्देशक सन्जु राईले बताईन् ।