इटहरी : नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनको फाईनलमा पुगेका सुमन कोइराला 'दलेदाई' इटहरीमा भोट माग्दै आएका छन् । उत्कृष्ट तिनमा परेका 'दलेदाई'को उपनामले ख्याति कमाएका सुमन कोईराला गृहनगर इटहरी बिभिन्न कार्यक्रममा सहभागिता जनाउदै भोट अपिल गर्दै आएका छन् ।

भोटकै कारण बाहिरिएका उनि 'दलेदाई'को प्रस्तुति दिएर पुन अन्तिम तिनमा आएका हुन् । शुक्रवार इटहरी उपमहानगरपालिकाको सभाहलमा भोट अपिल सहितको पत्रकार सम्मेलनमा लोकदोहोरि गायक टिका घिमिरेले ५ हजार सहयोग गरेर सहयोगको लागि अपिल समेत गरेका थिए ।

उनको वजनदार कन्टेन्ट र प्रस्तुती सँगै दर्शक तथा निर्णायकको साथका कारण पनि उनि लोकप्रिय बन्दै गएका छन् । कोइरालाले फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिष्पर्धा गर्नेछन् । शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमणको व्यवस्था गरिएको छ ।