पथरी : मोरङको पथरीशनिश्चरेमा दोस्रो मिस पथरीशनिश्चरे हुने भएको छ ।

बुद्ध युथ क्लबको आयोजनामा हुने प्रतियोगिताको आवेदन खुल्ला गरिएको आयोजकले जनाएको छ ।
शनिवार आयोजकले पत्रकार सम्मेलन आयोजना गरी सो बारे जानकारी दिएको हो । बैशाख २ गते फाइनल हुने प्रतियोगितामा सहभागीको फागुन २५ बाट बन्द प्रशिक्षण गरिने आयोजकका सन्तोष राईले जानकारी दिए ।  प्रतियोगिताको विजेताले १ लाख फस्ट रनरअपले ६० हजार र सेकेन्ड रनरअपले ३५ हजार रुपैंया पाउने छ्न । विधागत रूपमा मिस वेस्ट स्माइल, वेस्ट वाक, मिस फ्रेन्डसिप, मिस मल्टिमिडिया, भ्युवर्स च्वाइस लगायतकालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रथम संस्करणको विजेता रिजु भट्टराईले मिस पुर्वाञ्चल पनी जितेकी थिइन ।