धरान : एक नम्वर प्रदेश सरकारले कोरोना भाईरसका लागि उच्च सर्तकता अपनाएको बताएको छ ।
कसैलाई कोरोनाको आशंका लागे तुरुन्त आईसोलेसनमा राखेर उपचार गर्नका लागि प्रदेश सरकारले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० बेड, विराट मेडिकल कलेज विराटनगरमा १२ बेड, कोशी अस्पतालमा ५ बेड र नोबेल मेडिकल कलेज विराटनगरमा आईसियु सहितको एउटा बेड तयारी अवस्थामा रहेको एक नम्वर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहेताले बताए ।
कोशी अस्पतालमा भने आईसोलेसन वार्ड निर्माण चरणको अन्तिममा पुगेकोले सम्भव भए आज या भोली देखि विरामी राख्न सकिने बताईएको छ ।
एक नम्वर प्रदेशकै मेची अस्पताल र झापाको वि एण्ड सी अस्पतालाई पनि तयारी अवस्थामा बस्न प्रदेश सरकारले निर्देशन दिएको छ ।
जुन अस्पतालमा आईसोलेनस वार्ड राखिएको छ त्यो अस्पताललाई एक नम्वर प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा मार्फत स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने विषेश खालको पहिरन (पिपिई) पर्सनल प्रोटेक्टीभ इकुपमेन्ट, आई आर थर्ममिटर पनि दिईएको समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।
विश्वमा महामारीकोरुप लिदैगएको कोरोना भाईरसको उच्च जोखिमको सुचीमा नेपाल पनि रहेको विश्व स्वास्थ्य संगठन (डव्लु एच ओ) ले राखेपछि सरकारले पनि उच्च सर्तकता अपनाएको स्वास्थ्य महाशाखा प्रमुख डा. मेहेताले बताए । अरु विरामीको गर्नुपर्ने अत्याआवश्यक शल्यक्रिया बाहेक सबै छोडेर कोरोना भाईरसको नियन्त्रण र न्युनिकरणमा सबै लाग्नु पर्ने पनि डा. मेहेताले बताए ।
कोशी अस्पतालमा कोरोनाको आशंका गरिएका विरामी काहा गए ?
शुक्रबार कोशी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आईपुगेका एक दम्पतीमा श्रीमानमा सामान्य ज्वरो र रुघा लागेको पाईयो ।
कोशी अस्पतालका चिकित्सकले ट्राभल हिस्ट्री भएको र उनी साउदीबाट आएकोले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसोलेसनमा भर्ना हुन आग्रह गरे ।
विभिन्न संचार माध्यमहरुमा मुख्य खवर बनेका कोरोनाको आशंका गरिएका विरामी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आईपुगेनन् ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल सहायक निर्देशक डा. विकास शाहाले कोशी अस्पतालले आशंका गरेको विरामी प्रतिष्ठानको आईसोलेसन वार्डमा आई नपुगेको बताएका छन् ।
एक नम्वर प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले पनि विरामी बीपीमा पठाईएको बताईरहदा आशंका गरिएका विरामी घरमा आफै सेल्फ क्वारेनटाईनमा बसेको स्रोतले बताएको छ ।
उनमा कोरोनानै नभएको पनि हुन सक्छ ट्राभल हिस्ट्री भएकोले मात्रै आईसोलेसनमा बस्न सुझाव दिएको कोशी अस्पतालका डा. लक्ष्मीनारायण यादबले बताए ।
उनको श्रीमतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकले बताएका छन् ।
टेकुबाट भागेका विरामीमा कोरोना नदेखिएको कारण आज उनी घर जाने बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । दक्षिण कोरियाबाट आएकोले उनलाई आईसोलेसनमा राखिएको थियो ।


































































