झापा : दमक बेलडागी-२ शिविरमा रहेको एक घरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका छन । पक्राउ पर्ने मा बेलडागी-२ हर्ट नम्बर 295 सेक्टर नम्बर A को २६ बर्षीय सुनिल गुरुङ र बेलडागी-२ हर्ट नम्बर 208 सेक्टर नम्बर A3 को ३२ बर्षीय खगिन्द्र दुलाल रहेका छन ।

हिजो बेलुका सँवा ८ बजे उनिहरुले गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नसाथ तत्काल खटिएको प्रहरी टोलीले दुबैजनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसै गरी खोटाङ हलेसी तुवाचुङ-५ मयांखु स्थितमा गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरु देश बाहदुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की,अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेका छन ।

हिजो साँझ ६ बजे स्थानीयले दिएको सुचना अनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।