इटहरी : भोजपुर जिल्लाको हतुवागढीमा पनि एक जना कोराना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् ।
अनलाइनखबरले प्रदेश १ सरकारको स्रोतलाई उदृत गर्दै भोजपुर हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको बताएको छ ।
उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।
यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।
        
                    
        
                                        
                                                                                                
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































