इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले स्वतःस्फूर्त प्रदर्शनमा उत्रिएका युवाहरू लाई बधाई दिएका छन् । देशका मुख्य सहरमा सरकारको विरोधमा प्रदर्शन तीव्र रूपमा बढ्न थालेपछि कोइरालाले समर्थन जनाउँदै बधाई दिँदै समर्थन जनाएका हुन् ।

मङ्गलवार देखि जारी प्रदर्शन दिनानुदिन बढ्दो क्रममा छ । धेरै ठाउँमा प्रदर्शन मा उत्रिएका युवाहरू र प्रहरीबिच झडप भइरहेको छ ।

सोही विषयमा डा कोइरालाले ट्वीटमा भनेका छन्, "आरडिटी र पिसिआरमा भ्रष्टाचार,राहतमा भ्रष्टाचार,क्वारेन्टाइनमा भ्रष्टाचार, चार्टर फ्लाइटमा भ्रष्टाचार। यो सरकार भ्रष्टाचारको चाङमाथि उभिएको छ। त्यसैको परिणाम हो काठमाडौँको बालुवाटार लगायत देशका विभिन्न सहरमा भएको युवाहरूको प्रदर्शन। बधाई स्वतःस्फूर्त प्रदर्शनमा उत्रिएका ती युवाहरूलाई।"

सरकारले १० अर्व कोरोना नियन्त्रणमा खर्च गरेको विषयमा पनि सब भन्दा पहिले डा शेखर कोइरालाले असन्तुष्टि जनाउँदै खर्च को हिसाब मागेका थिए ।