इटहरी : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका २०७७/७८ को लागि कुल ४० अर्व ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।
कुल बजेट मध्ये चालूतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९% बजेट छुट्टिएको छ भने पुँजीगततर्फ २१ अर्व ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१% रहेको छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले वित्तीय व्यवस्थापन तर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणमा लागि रु.२ अर्व ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको बताए ।
बजेटको स्रोतको विषयमा मन्त्री आङ्ग्बो आन्तरिक स्रोतबाट ४ अर्व ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्व ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्व ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्व रहने बताएका छन् ।
त्यसैगरी स्रोतबाट नपुगेको रकम ५ अर्व रकम नेपाल सरकार सँग ऋण लिने आङ्ग्बोले बताए ।