धरान : पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको बताए ।

१ नम्बर प्रदेशका तेह्रथुम, भोजपुर र सोलुखुम्बु चार जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।