धरान : मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका-९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् ।
पथरी शनिश्चरे नगरपालिका -९ सृजना चौक बस्ने बर्ष ४७ को आतेजुङ राइको गत गते राती अन्दाजी १० बजे घरबाट को ३४ प ६००४ न को मोटरसाईकल सहितका धनमाल चोरी भएको थियो ।
चोरी गर्ने गर्ने जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा न-१० बस्ने बर्षिय २० निमा तामाङ , जिल्ला मोरङ बेलबारी गरपालिका -२ बस्ने २०बर्षिय पृतिमान भण्डारी र यसै स्थानका २२ बर्षिय अभिषेक कट्टेल लाई उक्त चोरीको मोटरसाइकल सहित जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका-९ बाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालग मोरङका डिएसपी मान बहादुर राईले प्रक्राउ परेका तिनजनालाई चोरी मुद्यामा मोरङ अदालतबाट म्याद थप गरेको बताए
प्रक्राउ पर्ने निमा तामाङ मिति २०७७।२।३२ गते जिल्ला मोरङ पथरी शनिश्चरे न पा वडा न-१ स्थित शान्ति मिनि मार्केटमा रहेको सबिता बस्नेतको पसलबाट र सोही मार्केटमा रहेको देश थाम्सुहाङको सटर फुटाई जुत्ता चप्पल लगायत जिन्सी धनमाल गरी अन्दाजी २५ हजार बराबरको धनमाल चोरी गरेका फरार रहेको मोरङले जनाएको छ ।






































































