धरान : धरान -११ की एक महिलाको सर्दुखोला वारि रुखमा झुन्डिएको अवस्थामा महिलाको शव भेटिएको धरान प्रहरीले जनाएको छ ।
लकडाउन देखि धरान एघारमा माइती घरमा बस्दै आएकी सीमा राईले मङ्गलवार धरान २० को सर्दु खोलाको किनाराको रूखमा चिचिन्डा घुम्न गएका मानिसले झुन्डिएको शव देखेपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए ।
आधा खँदा र आधा जुत्ताको तुनामा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । मृतक सीमाको एक वर्षीय बच्चा समेत रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।


































































