धरान : धरान-१३ घर भएका हाल झापा जिल्लाको बिर्तामोड नगरपालिका-८ डेरा गरी बस्ने ३५ वर्षीया बाबुलाई आफ्नै १२ वर्षीया छोरी जबरजस्ती करणी अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
आफ्नै १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीया युवालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बाबुको नाम र थर परिवारको हाडनाता सँग सम्बन्धित रहेकाले सार्वजनिक नगरेको बताउँदै हाल बालिकालाई एकल महिला संघ भद्रपुरमा राखिएको छ । भने पक्राउ परेकालाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थापाले बताएका छन ।