धरान : नेपालमा कोरोना महामारी शुरु भएपछि सरकारले लागू गरेको लकडाउनका बेला पनि नेपालको आन्तरिक तथा भारतको बिभिन्न स्थानमा बेचबिखनमा परेकाहरु ४१ नेपाली महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्दार गरेको छ । भने बेचबिखनमा संलग्न ४२ जनालाई नियन्त्रणमा लिए पनि सफल भएको छ ।

नेपालकै आन्तरिक ठाउँहरुमा समेत महिला बेचबिखनमा  परि अलपत्र पारेका थिए । नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, कास्कीमा २, चितवनमा २, मकवानपुरमा १, बर्दियामा १ र बांकेमा १ जना गरी नेपालमा नै आन्तरिक रुपमा बेचबिखनमा परेका १३ जना महिलाको उद्धार गरी पुनस्थापना गरी पीडितको उद्धार गरेको र  तेस्रो मुलुकमा   अलपत्र परेका  २८ जना महिलाको उद्दार गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गोबिन्द थपलियाले बताए।

ब्युरोले सार्वजनिक गरेको सूची m b b

त्यस्तै लकडाउनकै बेला असार १७ गते कुवेत, इराक र साउदीमा काम लगाईदिने भन्दै काठमाडौ, पोखरा, बुटवल, दाङ हुंदै नेपालगन्ज नाकाबाट भारतको नयादिल्लीस्थित बुरारी जोरदामा एउटा घरमा बन्धक बनाई राखेको अवस्थामा ब्युरोको समन्वयमा नेपाली देशभक्त आवाज र शान्ति पुनस्थापन केन्द्रको सहयोगमा ६ जना महिलालाई उद्दार गरेको थियो ।

१३ बर्षकी नाबालिकालाई काममा लगाईदिन्छु भनी ललाई फकाई भारतमा पुर्‍याई बेचबिखन गरेको आरोपमा उत्तर प्रदेश रसलपुर भारतीय प्रहरीको सहयोगमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे १ घोडाथली घर भई हाल सुनसरी इटहरी -२० तरहरा बस्ने २२ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखु घर भई हाल पोखरा बस्ने २८ वर्षीय प्रविन तामाङलाइ असार ७ गते पक्राउ गरेको थियो ।

ब्युरोले गत चैत २६ गते शिवरात्रीका दिन काभ्रे पनौतीकी १३ बर्षीया बालिकालाई जन्मदिन मनाइदिने भन्दै भारतको ओसानमा लगेर बिक्रि गर्ने इशा श्रेष्ठ लगायत दुई जनालाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

बेचबिखन अनुशन्धान ब्युरोले प्रत्येक महिनामा २० /२५ जना बेचबिखनमा परेकाहरुलाई उद्दार गरिरहेको र लकडाउनको समयमा ब्युरोले अझ सकृयता देखाएको केन्द्रिय प्रवक्ता निरज बहादुर शाहिले जानकारि दिए ।