धरान : राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने १ जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो । पक्राउ परेका ‘क्यामेराम्यान’ को परिचय खुलाइएको छैन । भिडियोका गायक भने गेल्जङ दोर्जे तामाङ हुन् र उनलाई प्रहरीले खोजिरहेको छ ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो जसमा भिडियोको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाउँछन् ।
र्याप शैलीमा गाइएको गीतमा निकै तुच्छ र अपमानजनक शब्द प्रयोग गरिएको छ, जुन समाचारमा उल्लेख गर्नसमेत मिल्दैन ।सामाजिक सञ्जाल युट्युवमा सोमबार अपलोड गरिएको एक गीतले नेपालको राष्ट्रियता र जातीय सद्भावविरुद्ध खलल पुर्याएको भन्दै सर्वत्र विरोध भएको छ
‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको राष्ट्रिय झण्डालाई जलाइएको थियो। महाशाखाका प्रवक्ता ईश्वर कार्कीले समाजमा वितृष्णा फैलाउने कुनै पनि व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताए।
यो राष्ट्र हितविरुद्धको गम्भीर अपराध हो। झण्डा जलाइएको यो प्रकरणमा अनुसन्धान तीव्रता दिएका छौं । महाशाखाका प्रवक्ता प्रहरी उपरक्षक कार्कीले भने। मुलुकी अपराध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































