धरान : मोरंगको बेलबारी नगरपालिका-५ कसेनीमा सामान्य बिषयमा युवाहरू बिच झडप हुँदा एक युवाको मृत्यु भएको छ । झडपमा तीन जना घाइते भएका छन ।
शुत्रबार (आज) दिउँसो दुई पक्षबिच भएको झडपमा स्थानिय ३६ बर्षीय चन्द्र कुमार राईको मृत्यु भएकाे इलाका प्रहरी कार्यलय हरैँचाका प्रहरी नायब निरिक्षक टि सिवाकोटीले जानकारी दिए ।
झडपमापरी गम्भीर घाइते भएका राईकाे बिराटनगर स्थित बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । झडपमा स्थानीय शाही कुमार राई, बालकुमार राई र गौरब राई घाइते भएका छन ।
अघिल्लो दिन मदिरा सेवन गरेका केही युवाहरु बिच भनाभन भएको र सोही निहुमा आज २०-२५ जनाको समुहमा आएका समुहले आक्रामण गर्न थालेपछी झडप भएको हो ।
घटनामा संलग्न अन्य युवाहरूकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।