धरान : सुनसरीमा आज २७ जना कोरोना संक्रमित थपिएका छन् ।
आज थपिएकामा धरानमा २ महिला १ पुरुष गरी ३ जना, इनरुवामा १ महिला ४ पुरुष गरी ५ जना, भोक्राहामा १ जना पुरुष, इटहरीमा ४ महिला ६ परुष गरी ११ जना, रामधुनीमा ७ जना पुरुष गरी २७ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएका छन् ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ सय १ पुगेको छ भने ४ सय ४६ जना निको भएका छन् । ६ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । सुनसरी जिल्लामा अहिले सम्म ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।







































































