धरान : मोरङको सुन्दर हरैचा नगरपालिकामा एक १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पूर्व भारतीय सैनिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैचा ४ का ५४ वर्षीय पूर्व भारतीय सैनिक उमेश नेपाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । नेपाललाई उनकै घरमा ४ वर्ष देखि कोठा भाँडा लिएर बसेकी पीडित बालिकालाई २ वर्ष देखी पटक पटक बलात्कार गरेको आरोप छ । उनका बुवा सिटी सफारी चालक हुन् ।
पीडितको बुवाले जिल्ला प्रहरी कार्यालय मोरङमा मङगलबार किटानी जाहेरी दिएका थिए । आज जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरिएको छ । पीडित पक्षले दिएको जाहेरीमा मर्निङवाक को बहानामा ४ बजेतिर लैजाने र होटल, बाटोमा समेत बलात्कार गर्ने गरेको र घटना कसैलाई भने ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ । २३ गते भने कोही नभएको समयमा कोठामा आएर जबरजस्ती करणी गरेपछि बालिका ठुलो स्वरले चिच्याए पछि छिमेकी र आमाले सुनेको बताइएको छ ।







































































