झापा : राप्रपा र राप्रपा (संयुक्त) को एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेकै दिन झापामा पनि यी दुई पार्टीबीच एकता समायोजन सम्पन्न भएको छ ।
आज आयोजित एकता समायोजन समारोहबाट अम्बर बहादुर बिष्टको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो ।
केन्द्रमा दुई पार्टीबीच एकीकरण भएलगत्तै जिल्ला कमिटीहरुले पनि समायोजनको काम तयारी गरेका थिए ।
सोही अनुसार अहिलेसम्म धनकुटा, दार्चुला, बाग्लुङ, धनुषा, कञ्चनपुर, पाल्पा, धादिङमा समायोजन भइसकेको छ ।