धरान : धरानमा आज बिहानै १३५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज थपिनेहरूमा सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका सहित १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै धरानमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ११ सय पुगेको छ ।
धरानमा यस भन्दा अघि विभिन्न निश्चित स्थानहरू मात्रै कोरोनाको हटस्पट बनेका थिए भने अहिले पछिल्लो समय धरान पुरै कोरोनाको हटस्पट बनेको छ । धरानको यो अवस्थालाई हेर्ने हो भने धरानमा कोरोना सङ्क्रमणको अवस्था भयावह अवस्थामा पुगेको आकलन गर्न सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या यस्तै गतिमा बढेमा धरानमा ठुलो समस्या सिर्जना हुन सक्ने भयावह बन्ने स्वास्थ्य विज्ञहरूको भनाई छ ।







































































