धरान : झापाको भद्रपुर नगरपालिका वडा नं २ देउनिया पुलबाट लागूऔषध सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ परेका गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले जाँच गर्ने क्रममा भद्रपुर १० बस्ने १९ वर्षीय आजम दाहाललाई नियन्त्रणमा लिएको झापा जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।
दाहालको साथबाट लागूऔषध डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २ सय ८५ एम्पुल लागूऔषध बरामद भएको छ ।
नियन्त्रणमा लिएको लागूऔषध सीमा प्रहरी चौकी पृथ्वीनगरमा बुझाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी झापामा राखिएको प्रहरीले जानकारी दिएको छ ।





































































