विराटनगर : प्रदेश १ मा आज ५५२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरङमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र सङ्खुवासभामा ४-४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा २२० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ९१ महिला र १२९ पुरुष छन् । सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहबीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १-१ जना, मोरङको विराटनगरमा १४५, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३-३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २-२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १-१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, सङ्खुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या ९ हजार ८९२ पुगेको छ ।
प्रदेश १ मा आज ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४ हजार ७८६ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ६४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९४ महिला र ३५८ पुरुष रहेका छन् । हालसम्म १ लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।







































































