विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
सुनसरीमा ५, मोरङ र तेह्रथुममा २-२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणबाट १२२ जनाको मृत्यु भएको छ ।
प्रदेश १ मा आज ६५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, सङ्खुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा २२५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकोमा १०० महिला र १२५ पुरुष छन् । मोरङको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३-१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २-२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या १२ हजार २६९ पुगेको छ ।
प्रदेश १ मा आज ३२६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५ हजार ३३९ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४१ महिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।