धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्यको लागि गठन गरिएको वीपी प्रतिष्ठान सुधार दबाब समूहको आज बसेको पहिलो बैठकले भोलि प्रतिष्ठानका उपकुलपतिलाई माग सहितको अवधारणा पत्र बुझाउने निर्णय गरेको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा बसेको दबाब समूहको पहिलो बैठकले भोलि प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई माग सहितको अवधारणा पत्र बुझाउने निर्णय गरेको हो । बैठकले अवधारणा पत्रको मस्यौदा तयार गरेर अन्तिम रूप दिने जिम्मेवारी समूहका सह-संयोजक प्रा.डा.राजेन्द्र शर्मालाई दिएको समूहका सदस्य सचिव महेश श्रेष्ठले बताए ।
दबाब समूहका संयोजक एवं सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरीधारी सापकोटाको अध्यक्षतामा बसेको बैठकले अवधारणा पत्र प्रतिष्ठानका उपकुलपतिलाई मात्रै नभएर सरोकारवाला माथिल्लो निकायलाई पनि बुझाउने निर्णय गरेको छ ।
अवधारणा पत्रमा प्रतिष्ठानलाई तत्कालीन र दीर्घकालीन सुधारका लागि सुझावहरू समेटिने छ । नागरिक समाज र प्रतिष्ठानको पदाधिकारी सम्मिलित एक अनुगमन समिति बन्ने र नियमित अनुगमन गर्ने, सोसियल अडिट गरी सार्वजनिक गर्नुपर्ने, पदाधिकारी बिच अन्तर सम्बन्ध कायम गराउने, बीपीलाई दोहन गर्ने नियतले काम भइरहेको पाइएकोले तुरुन्त त्यस्तालाई कारबाहीको दायरामा ल्याउने लगायतको मागहरू अवधारणा पत्रमा उल्लेख गरिने सदस्य सचिव श्रेष्ठले बताए ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































