धरान : धरान उपमहानगरपालिकामा आज बिहानै २७ जना कोरोना संक्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज बिहान २७ जना कोरोना संक्रमित थपिएका छन् । एन्फा क्वारेनटाइन र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट २७ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३१८४ पुगेको छ ।






































































