धरान : धरान-१४ विजयपुरमा तीन दिनको अन्तरमा श्रीमान् र श्रीमतीको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान-१४ विजयपुरका ७३ वर्षीया बृद्ध पुरुषको मृत्यु भएको हो । कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका बृद्धलाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

मृतकको शव व्यवस्थापनका लागि स्वास्थ्य प्रोटोकल अनुसार गर्ने तयारी भइरहेको धरान-१४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् । तीन दिन अघि मृतकको श्रीमतीको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको थियो ।

यो सँगै धरान-१४ मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ ।