विराटनगर : प्रदेश १ मा आज १२३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, तेह्रथुम, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २–२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, कानेपोखरी र बेलबारीमा १–१, झापाको दमकमा १६, झापा गाउँपालिकामा ६, मेचीनगरमा ४, गौरादह र बिर्तामोडमा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ८, बराहक्षेत्रमा ३, गढी, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले छ ।
उता इलामको इलाम नगरपालिकामा ७, देउमाईमा २, फाकफोकथुम र सूर्योदयमा १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङ, भोजपुरको आमचोक र उदयपुरको रौतामाईमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार १७० पुगेको छ ।
प्रदेश १ मा आज ७४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९६ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार १५० पुगेको छ ।