धरान : धरान–६ पानबारीमा रहेको निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा चोरी भएको छ ।
सिसी टिभीका अनुसार राति पौने २ बजे तिर सहकारीको झ्यालबाट छिरेको कैद गरेको छ । सहकारीका अध्यक्ष चन्द्रबहादुर सुवेदीका अनुसार चोरले कार्यालय भित्र रहेको लक्कर खोलेर करिब १५ लाख रुपैयाँ चोरी गरेको हो ।
लक्करमा रहेको पैसा यकिन नभए पनि करिब १५ लाख बढी रहेको अनुमान गरिएको छ । झ्यालबाट छिरेको चोरले टेबलको घर्रामा रहेको लक्करको चाबी झिकेर लक्कर खोली पैसा लिएर फरार भएको बताइएको छ ।
अहिले इलाका प्रहरी कार्यालय धरानको टोली कुकुर सहित अनुसन्धानमा पानवारी पुगेको छ । चोरी विषयमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् । सहकारी भित्र तोडफोड गरिएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































